बीरगञ्ज, १ कात्तिक । पर्सा जिल्लामा प्रहरीले छापा मारेको छ । प्रहरीले वीरगञ्जको एक घरमा छापा मारेर ठूलो परिमाणको अबैध सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर बरामद गरेको सुनको बास्तविक परिमाण यकिन हुन बाँकी रहेपनि अनुमानित ८ किलोको हाराहारीमा रहेको बताइएको छ ।
पर्सा प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित ६ नम्बर गेटमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर सो परिमाणको सुन बरामद भएपनि कसैलाई पनि पक्राउ भने नगरेको बताइएको छ ।
