(Wednesday 28th of October 2026)
`

विश्वभर काेराेनाबाट ११ लाख बढीकाे मृत्यु

  • सगरमाथा गन्तब्य
  • 13.7K
    SHARES

    काठमाडाैं, ३० असाेज ।  विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ लाख २ हजार ८४४ पुगेकाे छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने चार काराेड नजिक पुगेकाे छ । अहिलेसम्म ३ कराेड ९१ लाख ५८ हजार २०९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये दुई कराेड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार १ सय १० जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २ लाख ५० हजार डिस्चार्ज भएका छन् ।

    कुन देशकाे अवस्था कस्ताे ?

    अमेरिका

    कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख २२ हजार ७१७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ८२ लाख १६ हजार ३१५ पुगेकाे छ ।

    संक्रमितमध्ये ५३ लाख २० हजार १३९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २६ लाख ७३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार बढीकाे अवस्था गम्भीर रहेको छ ।

    भारत

    छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा भारत पर्छ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

    अहिलेसम्म भारतमा ७३ लाख ६५ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख १२ हजार १४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ६४ लाख ४८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ लाख ४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

    ब्राजिल

    अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५१ लाख ७० हजार ९९५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ५२ हजार ५१३ पुगेकाे छ ।

    संक्रमितमध्ये ४५ लाख ९९ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख १९ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

    रूस

    रूस अहिलेसम्म १३ लाख ५४ हजार १५३ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २३ हजार ४९१ पुगेकाे छ । संक्रमितमध्ये १० लाख ४८ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ८२ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology