(Wednesday 28th of October 2026)
`

बन्ने भयो आजकाल के समाज सर्ट फिल्म

  • सगरमाथा गन्तब्य
  • 19.9K
    SHARES

    नेपालगन्ज २९ असोज – आजकाल के समाज थारु भाषाको सर्ट फिल्म निर्माण हुने भएको छ । संघारी मिडिया प्राली युट्युब च्यानल भुरिगाउँको व्यानरमा निर्माण हुन लागेको आजकाल के समाज नामक सर्ट फिल्म निर्माण हुने भएको हो । बुधवार ठाकुरबाबा नगरपालिका ३ नेउलापुर स्थित रहेको मन्दिरमा शुभमुर्हत कार्यक्रमको आयोजना गरि सर्ट फिल्म निर्माणको बारेमा निर्देशक तथा लेखक आयुस चौधरीले जानकारी गराउनुभयो । फिल्म निर्माणको क्रममा कलाकारहरुले पालना गर्नुपर्ने निति नियम बारे जानकारी गराउदै निर्देशक आयुसले छायाङकनको समयमा कलाकारहरुले जोस जागरका साथ भुमिका निभाउन उहाँले निर्देशन दिनुभएको थियो ।
    विशेष गरि आजभोली समाजमा विकराल भएको टिकटक, पब्जी, फ्रि फायर, फेसबुकमा आधारित रहेर निर्माण हुन लागेको सर्ट फिल्मले चर्चा कमाउने आश रहेको सुटिङग युनिटले जनाएको छ ।


    आजकाल के समाज नामक सर्ट फिल्मको मुख्य कलाकारमा तेजराज थारु र आरती चौधरीको रहेको छ । यस्तै अन्य कलाकारमा अन्तराम थारु, विजय, हरी, मञ्जु, सितरानी, विमल श्याम, अर्पण, विनोद थारु रहेका छन् । यस्तै आमा बुवाको भुमिकामा मञ्जु सितरानी र निकेश थारुको रहेको छ । सर्ट फिल्मको छायाङकन ठाकुरबाबा नगरपालिकाको रमणिय स्थल ठाकुरद्धारा, नेउलापुर र कर्णाली क्षेत्रमा गरिने कलाकार तेजराज थारुले जानकारी गराउनुभयो । ३० मिनेटको सर्ट फिल्मको छायाङकन गर्न ५ दिन समय लाग्ने उहाँले जानकारी गराउनुभयो । सर्ट फिल्मको छायाङकन तथा इडिटिङग संघारी मिडिया भुरिगाउँका प्रबन्धक शुभाष दहितले गर्ने सुटिङ युनिटले जनाएको छ । सर्ट फिल्मलाई सहयोग गर्ने रक स्टार डिजे नेउलापुरलाई सुटिङग युनिटले विशेष धन्यवाद दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology