नेपालगन्ज २६ असोज- चर्चित मोडल शिशिर धम्लहवा र चर्चित मोडेल बिनु चौधरीको दिल क्रेजी क्रेजी बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । चर्चित गायक आर्यन चौधरी र सोनु कुश्मीको सुमधुर स्वरमा रहेको दिल क्रेजी क्रेजी बोलको गितमा म्युजिक मोहन दहितले गर्नुभएको छ भने बिसन मानन्धरले एरेन्जमा साथ दिनुभएको छ । चर्चित मोडल तथा डाइरेक्टर विवश जिएचको डाइरेक्सनमा छायाङकन भएको दिल क्रेजी क्रेजी बोलको गितको छायाङकन यम बहादुर चौधरीले गर्नुभएको छ । वाईएस मिडियाको पोष्टप्रोडक्सन रहेको दिल क्रेजी बोलको गितको छायाङकन बर्दियाको बासगढी नगरपालिकाको रमणिय स्थलहरुमा गरिएको छ ।

