प्रमोद जंग चौधरी – नेपालगन्ज २५ असोज , केही वर्ष देखि संगीतिक क्षेत्रमा मन बढाउ रुचि राख्दै आएका आर के थारुको पहिलो थारु गीत मन लागेनाको छायाङकन सम्पन्न भएको छ ।
मन लागेना बोलको थारु गितमा स्वर आर के थारू र चर्चित गायीका अन्नु चौधरीले साथ दिनुभएको छ । गितको शब्दमा सुबेश कठरिया, रचनामा र संगीत, व्यवस्थामा गणेश चौधरीले साथ दिनुभएको छ । त्यसै गरि भिडियोमा कोरस स्वरमा समिक्षा चौधरी, सोनु कुश्मी, गणेश चौधरी लगायतले सथा दिइएका छन् । भिडियोलाई सुरज कुशुम्याले निर्देशन गर्नुभएको छ । सुरज कुशुम्याले निर्माण गरेको म्युजिक भिडियोमा नृत्य नरेश चौधरी र मान्सा रावलको रहेको छ । भिडियोको छायांकन ठाकुरबाबा नगरपालिका बर्दिया र च्याम गाउँ बाँकेमा भएको आर के थारुले बताउनुभयो । भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको छ भने मेकुपमा सुश्मा थारु र सपना दहितले गर्नुभएको छ । आर के सि डिजिटलको युट्युब च्यानलबाट मन लागेना बोलको म्युजिक भिडियो असोज २७ गते सार्वजनिक गरिने जनाएको छ ।
