(Wednesday 28th of October 2026)
`

पर्वट्न्या झुमा सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 15.3K
    SHARES

    नेपालगन्ज २४ असोज- चर्चित गायक राम आरोह चौधरी र चर्चित गायिका समिक्षा अधिकारीको पर्वट्न्या झुमा बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । पर्वट्न्या झुमामा अहिलेका जल्दोबल्दो चर्चित कलाकार मोडल देवदास चौधरी र चर्चित मोडेल अनुष्का चौधरी, सत्य नारायण थारु (फेटारा) र राज रबि चौधरीको मुख्य भुमिका रहेको छ । पर्वट्न्या झुमा बोलको गित बर्दियाको जगतिया गाउँ र बढैयाताल गाउँपालिकामा गरिएको गायक राम आरोह चौधरीले जानकारी गराउनभयो ।

    पर्वट्न्या झुमा बोलको गितमा शब्द र सगींत राम “आरोह” चौधरीको रहेको छ भने स्वर राम “आरोह” चौधरी र समिक्षा अधिकारीले दिनुभएको छ । सगींत संयोजकमा केशब बडुले साथ दिनुभएको छ भने गितको मिक्स र मास्टरिङ कुमार राणाले गर्नुभएको छ । गितको निर्देशक सुरज कुसुम्याले गर्नुभएको छ भने छायाङकन राम चौधरीले गर्नुभएको छ । गित आरकेसी डिजिटलको युट्युव च्यानलबाट शनिवार सार्वजनिक भएको गायक राम चौधरीले जानकारी गराउनुभयो ।
    पर्वट्न्या झुमा बोलको गितले यस बर्षको दशै तिहारमा धुम मचाउने दावी सुटिङ युनिटले गरेको छ । चर्चित चर्चित कलाकारहरुको प्रस्तुती, छायाङकनमा गरिएको मेहनत र कलाकारहरुको दमदार प्रस्तुतीले पर्वट्न्या झुमा बोलको गितले यस बर्ष धुम मचाउने सुटिङ युनिटले दावी गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology