नेपालगन्ज २१ असोज- नायक, डाइरेक्टर तथा चर्चित मोडल कुन्दन चन्दको बैमानी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार कुन्दन चन्द, सन्जु क्षेत्री र इश्वर रिजालको मुख्य भुमिका रहेको मन बैमानी भयो यो तन बैमानी भयो बोलको गितमा स्वर चर्चित गायक स्विन चन्दले दिनुभएको छ । बैमानी बैमानी बोलको म्युजिक भिडियोमा डाइरेक्सन कुन्दन चन्दकै रहेको छ भने छायाङकन सरोज डगौराले गर्नुभएको छ । बैमानी बोलको गितको इडिटिङग कुन्दन चन्द आफैले गर्नुभएको छ । एरेन्ज कमल थापा मगरको रहेको छ भने म्युजिकमा हिमाल मगरले साथ दिनुभएको छ । मोडेल सन्जु क्षेत्रीको मन बैमानीले कुन्दन चन्दलाई सम्हाल्न गाह्रो भएको कथामा आधारित म्युजिक भिडियो रहेको सुटिङ युनिटले जनाएको छ ।
गितको छायाङकन बाँकेको रमणिय ठाउँ गाभर म्याली र नौबस्तामा भएको कलाकार कुन्दनले जानकारी गराउनुभयो । बैमानी बैमानी बोलको म्युजिक भिडियोमा चर्चित डाइरेक्टर केशव चालिसे, राजबाबु शाही, गणेश दहित, नारायण रावतले साथ सहयोग गरेका छन् । एसके मिडिया अफिसियल युट्युव च्यानलबाट उक्त बैमानी बोलको म्युजिक भिडियो सार्वजनिक भएको कलाकार चन्दले जानकारी गराउनुभयो ।
https://www.youtube.com/watch?v=63R-Pa1lFFQ&feature=youtu.be&fbclid=IwAR3Nv0BccQhy_Gbgd9gAUGQOWalEWplpNU-OVnJE9Ze9p0PrWHKfAqHW00c
