(Wednesday 28th of October 2026)
`

चर्चित गायक राज कुश्मीको बिछुरल कैसिन हो सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 25.3K
    SHARES

    प्रमोद जंग चौधरी , नेपालगन्ज १९ असोज- लामो समय देखि थारु सांगीतिक क्षेत्रमा लाग्दै आएको र चार्चा कमाउन सफल भैसकेका चर्चित गायक राज कुश्मीको नयाँ थारु कल्चर गित “बिछुरल कैसिन हो“को भिडियो सार्वजनिक भएको छ । यस थारु कल्चर गितमा शब्द, संगीत गायक राज कुश्मिको रहेको छ भने स्वर राज कुश्मी, चर्चित गायिका सोनु कुश्मीले साथ दिनुभएको छ । मादल राज कुश्मीको रहेको छ भने मजिरामा नन्दुराज सिङ धामिले साथ दिनुभएको छ ।
    त्यसै गरि भिडियोको कोरस स्वरमा अन्नु चौधरी, गणेश चौधरी, समिक्षा, आर के चौधरी लगायतका गायक गायिकाले साथ दिनुभएको छ भने भिडियोलाई सत्ते नारायण फेतारले निर्देशन गर्नुभएको छ । सत्ते नारायण फेतारले निर्माण गरेको यस म्युजिक भिडियोको गितमा बासुदेव योगी, निशान पोखरेल, अनिल कुश्मी, युराज थारु, बिनिता चौधरी, सपना चौधरी, इन्दु चौधरी, बिष्ट योगी लगायतका कलाकारहरुको नृत्य रहेको छ । यस भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको छ । दशैलाई लक्षित गरी बनाइएको थारु म्युजिक भिडियो बिछुरल कैसिन हो ,गीतको छायाङ्कन बर्दिया जिल्लाको बबई रिसोर्ट बर्दियामा भएको कलाकार राज कुश्मीले जानकारी गराउनुभयो । आर के सि डिजिटलको युट्युब च्यानलबाट बिछुरल कैसिन हो, थारु गीत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology