(Wednesday 28th of October 2026)
`

चर्चित थारु गायक विश्वसागरको जबसे देख्नु बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 23.3K
    SHARES

    नेपालगन्ज १७ असोज – चर्चित थारु गायक विश्व सागर परियारको जबसे देख्नु तुहिन हो सजनी, चुरियाको धार जैसिन भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु गायक परियारले तिन बर्ष पहिले अनलाइन अइहो हो छैली कोहलपुरमा भेट करबी भन्ने बोलको गितबाट प्रबेश गराएका मोडल सुरेश थारुलाई दोश्रो पटक जवसे देख्नु तुहिन सजनी मोर दिलमे चैन नाई हो भन्ने बोलको म्युजिक भिडियोमा डेब्यु गराएका छन् । पहिलो गितले सफलता पाएपछि दोश्रो गितमा अवसर दिएको चर्चित गायक परियारले बताउनुभयो । ३ बर्ष भित्र सुरेशको फिगर बनाउन जोड गरेको र अहिले मोडल सुरेशको फिगर तयारी अवस्थामा रहेको हुनाले मोडल बन्न लायक भएपछि मात्र प्रवेश गराउन अवसर दिएको उहाँले बताउनुभयो । चुरियाको धार जैसिन बोलको गितमा मुख्य भुमिका मोडल सुरेश थारु र मोडेल निरमला थारुको रहेको छ ।


    डाइरेक्टर कोरियोग्राफी बिकास बिकले गर्नुभएको छ भने, क्यामरामा रामु चौधरी, मेकअपमा सलमा अलि, ड्रोन क्यामरामा सुभाष चौधरीले साथ दिनुभएको छ । यस्तै गितको शब्द रमेश मिसनको रहेको छ भने, सङ्गीत बिश्वसागर परियार, स्वरमा चर्चित गायक विशाल निरौला र चर्चित गायीका सुमन चौधरीको रहेको छ । प्रोजेन्ट बिस्वसागर परियार रहेको छ । आरकेसी स्टुडियोको युट्युव च्यानलबाट सार्वजनिक हुने चुरिया धार जैसिन बोलको गितको छायाङकन बाँकेको रमणिय स्थलमा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology