
भारतमा शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ दैनिक संक्रमित हाराहारी नै दैनिक निको हुनेको संख्या रहेको छ । शुक्रबार एक दिनमा ७६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी संक्रमित त मृत्यु हुनेमा संयुक्त राज्य अमेरिका रहेको छ । त्यहाँ हालसम्म ७५ लाख ४९ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसपछि बढी ज्यान गुमाउनेमा ब्राजिल रहेको छ । त्यहाँ हालसम्म कोरोनबाट १ लाख ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित संख्या ४८ लाख ८२ हजारभन्दा बढी पुगेको छ । न्युज २४ नेपालबाट
