(Wednesday 28th of October 2026)
`

भारतमा १५ तारिखदेखि स्कुल र कलेज खुल्ने

  • सगरमाथा गन्तब्य
  • 18.4K
    SHARES

    काठमाडौँ, १५ असोज । लकडाउनको अन्त्य गर्दै भारतले आउँदो १५ तारिखदेखि अर्थात असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको छ । भारतीय संचार माध्यमका अनुसार भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका हुन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ।

    भारतीय संचार माध्यमका अनुसार १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई ९डिस्ट्यान्स लर्निङ० लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology