(Wednesday 28th of October 2026)
`

चर्चित मोडल कुन्दन चन्दको “बैमानी” आउँदै

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगन्ज १५ असोज- नायक, डाइरेक्टर तथा चर्चित मोडल कुन्दन चन्दको बैमानी बैमानी भन्ने बोलको ंम्युजिक भिडियो छिट्टै आउने भएको छ । कलाकार कुन्दन चन्द, सन्जु क्षेत्री र इश्वर रिजालको मुख्य भुमिका रहेको मन बैमानी भयो यो तन बैमानी भयो बोलको गितमा स्वर चर्चित गायक स्विन चन्दले दिनुभएको छ । बैमानी बैमानी बोलको म्युजिक भिडियोमा डाइरेक्सन कुन्दन चन्दकै रहेको छ भने छायाङकन सरोज डगौराले गर्नुभएको छ । बैमानी बोलको गितको इडिटिङग कुन्दन चन्द आफैले गर्नुभएको छ । एरेन्ज कमल थापा मगरको रहेको छ भने म्युजिकमा हिमाल मगरले साथ दिनुभएको छ । मोडेल सन्जु क्षेत्रीको मन बैमानीले कुन्दन चन्दलाई सम्हाल्न गाह्रो भएको कथामा आधारित म्युजिक भिडियो रहेको सुटिङ युनिटले जनाएको छ ।

    गितको छायाङकन बाँकेको रमणिय ठाउँ गाभर म्याली र नौबस्तामा भएको कलाकार कुन्दनले जानकारी गराउनुभयो । बैमानी बैमानी बोलको म्युजिक भिडियोमा चर्चित डाइरेक्टर केशव चालिसे, राजबाबु शाही, गणेश दहित, नारायण रावतले साथ सहयोग गरेका छन् । एसके मिडिया अफिसियल युट्युव च्यानलबाट उक्त बैमानी बोलको म्युजिक भिडियो सार्वजनिक हुने कलाकार चन्दले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology