नेपालगन्ज ३१ भाद्र – चर्चित गायक राम आरोह चौधरी र चर्चित गायिका समिक्षा अधिकारीको पर्वट्न्या झुमा बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । पर्वट्न्या झुमा बोलको गितले धुम मचाउने दावी सुटिङ युनिटले गरेको छ । चर्चित चर्चित कलाकारहरुको प्रस्तुती, छायाङकनमा गरिएको मेहनत र कलाकारहरुको दमदार प्रस्तुतीले पर्वट्न्या झुमा बोलको गितले यस बर्ष धुम मचाउने सुटिङ युनिटले दावी गरेको हो । अहिलेका जल्दोबल्दो चर्चित कलाकार मोडल देवदास चौधरी र चर्चित मोडेल अनुष्का चौधरी, सत्य नारायण थारु (फेटारा) र राज रबि चौधरीको मुख्य भुमिका रहेको पर्वट्न्या झुमा बोलको गित बर्दियाको जगतिया गाउँ र बढैयातालमा गरिएको गायक राम आरोह चौधरीले जानकारी गराउनभयो । पर्वट्न्या झुमा बोलको गितमा शब्द र सगींत राम “आरोह“ चौधरीको रहेको छ भने स्वर राम “आरोह“ चौधरी र समिक्षा अधिकारीले दिनुभएको छ । सगींत संयोजकमा केशब बडुले साथ दिनुभएको छ भने गितको मिक्स र मास्टरिङ कुमार राणाले गर्नुभएको छ । गितको निर्देशक सुरज कुसुम्याले गर्नुभएको छ भने छायाङकन राम चौधरीले गर्नुभएको छ । गित आरकेसी डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिने गायक राम चौधरीले जानकारी गराउनुभयो ।
