मोहसिन हल्वाई – नेपालगन्ज २४ भाद्र – लामो समयदेखि कृषि मिटर जडान गरि दुरुपयोग गर्ने मिटर नियन्त्रणमा लिईएको छ । नेपालगन्ज उपमहानगरपालिका १० का उदय श्रेष्ठले लामो समय विद्युतको कृषि मिटर जडान गरि दुरुपयोग गर्ने मिटर नियन्त्रणमा लिइएको हो । घरभित्र कृषि मिटर जडान गरी दुरुपयोग गर्ने नेपालगन्ज १० का श्रेष्ठको घरमा नेपाल बिद्युत प्राधिकरण वितरण शाखाले छापा मारी दुई वटा मिटर नियन्त्रणमा लिएको छ । श्रेष्ठले कृषि मिटरबाट घरमा एसी चलाउने, बिद्युत बाल्ने, घर प्रयोजनका विभिन्न कार्यमा लगाउने र छापाखाना सन्चालन गर्दै आउनुभएको थियो । ५ कठ्ठा जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहित गर्न सरकारले कृषि मिटर दिने गरेको छ । प्रति युनिट ३० पैसा मात्रै पर्छ । तर व्यवसायिक र घर प्रयोगका लागि कम्तिमा पनि चार रुपैया प्रति युनिट बिद्युत महसुल तिर्नु पर्छ विद्युत प्राधिकरणले जानकारी गराएको छ । खेती प्रायोजनका लागि घर वरिपरी जग्गा नरहेको तर मासिक १ हजार ४ सय युनिट खपत देखिएकाले कृषि मिटरको दुरुपयोग भएको बिद्युत कार्यालय नेपालगन्जले जनाएको छ । ‘यहाँ खेती गर्ने जग्गा देखिएन अन्य प्रायोजनमा विद्युत जडान गरिएको छ विद्यूतका कर्मचारीले भन्नुभयो । तर कृषि मिटर भने घर उद्योगका लािग प्रयोग भएको देखिएको छ,’ प्राधिकरणका इन्जिनीयर सुरेशकुमार तिमिल्सेनाले भन्नुभयो,‘व्यवसायिक प्रयोजनका लागि जडान गरिएको मिटर पनि अन्य कार्यमा प्रयोग गरी दुरुपयोग गरेको देखिएको छ यसको लागि कानुनी प्रक्रिया अनुसार कारवाही गरिने उहाँले जानकारी गराउनुभयो ।’

उहाँले दुरुपयोग गरी जडान गरिएको कृषि मिटर र व्यवसायिक मिटरको दुई वटा लाईन काटिसकेको छ । काटिएको मिटर लामो समयदेखि अन्य प्रायोजनमा लगानी रहेको हुनाले चोरी ऐन अन्तरगत कारवाही हुने उहाँले बताउनुभयो । ‘श्रेष्ठको घरमा लामो समयदेखि कृषि मिटर जडान भइ दुरुपयोग गरेको उजुरी थियो । बुधबार स्थलगत पुगेर हेर्दा दुरुपयोग गरेको पाइएको छ,’ इन्जिनीयर तिमिल्सेनाले भन्नुभयो,‘बिद्युत चोरी ऐन अन्र्तगत मुद्दा चल्छ उहाँले भन्नुभयो । जरिवाना पनि त्यही अनुसार कायम हुने तिमिल्सेनाले भन्नुभयो ।’
श्रेष्ठले बागेश्वरी प्रिन्टीङ प्रेस, वागेश्वरी इन्टरनेशनल पनि घरमै सन्चालन गर्दै आउनुभएको छ । हाल उक्त अपसेट प्रेस बन्द छ । तर बुधबार बिद्युतका कर्मचारीहरुले छापा मारिरहँदा अपसेटको मिटर भने चलिररहेको थियो । ‘व्यवसायका लागि जडान गरिएको मिटरको पनि दुरुपयोग भएको देखियो,’ इन्जिनीयर तिमिल्सेनाले भन्नुभयो, ‘कानुन अनुसार कारवाही हुन्छ ।’

प्राधिकरणका अनुसार श्रेष्ठले बर्षौदेखि कृषि मिटरको दुरुपयोग गर्दै आउनुभएको हो । उहाँको घरमा ३ वटा मिटर जडान रहेको थियो तर कृषिको मिटरले मात्र काम कारवाही भैरहेको थियो तिमिल्सेनाले भन्नुभयो । तिमिल्सेनाका अनुसार दुरुपयोग गरेको रकम असुली गर्ने बिद्युत वितरण शाखा नेपालगन्जका प्रमुख लखन मल्लिकले बताउनुभयो । उहाँले आफ्नो घरको प्रायोजनको लागि कृषि विद्युतको मिटर लामो समयदेखि जडान गरि दुरुपयोग गरेको आधारमा उहाँको घरमा छापा मारेको प्रमुख मल्लिकले जानकारी गराउनुभयो । यस्तै उदय श्रेष्ठले भने कृषिको मिटर कृषिमै प्रयोग भएको जानकारी गराउनुभयो । ५ कठ्ठा १ धुर जग्गामा आँप खेती गरिरहेको उहाँले जानकारी गराउनुभयो । सिजन अनुसार कृषिको मिटर कृषि मै प्रयोग गरिने उहाँले बताउनुभयो ।
