(Wednesday 28th of October 2026)
`

पालमुनि बसेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    बाँके, सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक/एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ । बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउतले जानकारी दिनुभयो । अहोरात्र रातदिन कोरोनासँगै जुझ्दै सीमा नाका सुरक्षामा खटिंदा समस्या भएको उहाँको भनाइ छ ।

    बारबर्दिया नगरपालिकाले रु १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका—९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका—८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । यसैबीच सशस्त्र प्रहरीले एक सातामा रु ३० लाखबराबरको सामान पक्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ । बर्दियामा चोरी तस्करी नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रियरुपमा लागेको छ ।

    यस आवमा भदौ १७ गतेसम्ममा सशस्त्र प्रहरी बल नेपालको टोलीले चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको सूर्तीजन्य सामग्रीहरु किराना समान, कपडा, मल, विद्युतीय सामानहरु गरी रु २९ लाख ६२ हजार ३४ बराबरको समाना पक्राउ गुलरिया छोटी भन्सार कार्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिनुभयो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology