- नवराज चालिसे
काठमाडौं, १५ भदौ । एयरलाइन्सहरुले चर्को भाडादर राखेर नियमति अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेसंगै बिदेशमा अलपत्र कामदार थप समस्यामा परेका छन् । सरकारले चार्टड उडानमा तोकेको भाडादर भन्दा पनि एयरलान्सहरुले नियमित उडानमा दोब्वर शूल्क लिए पछि विदेशमा अलपत्र परेका कामदार स्वेदश फर्कन नसक्ने भएका छन् ।
एयरलान्सहरुले लिएको यो शुल्क सामान्य समयका भन्दा दोब्वर हो । सरकारले भदौ १६ गते देखि नियमित उडानबाट बिदेशमा कोरोनाको महामारीबाट रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई चर्को शुल्क तिराएर फर्काउने तयारीगरे पछि कामदार थप मारमा परेका हुन् । केही बिमान कम्पनी र ट्राभल एजेन्सीहरुले महँगो दरको टिकट देखाएर बिक्री गरे पछि कामदारलाई घर फर्कन कठिन भएको हो । बिमान कम्पनी र ट्राभल एजेन्सीले इकोनोमिक क्लासमा पनि टिकट महँगो फेयर उडाइरहेका छन । सामान्य समयमा भन्दा हाल इकोनोमिक क्लासमा टिकटको भाडादर दोब्वर सम्म उठाइएको छ ।
कस्तो छ भाडादर ?
पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार ११ वटा विमान कम्पनीहरुलाई उडान अनुमति दिइएको छ । भाडा दर चर्को तोकिएको चर्चा सुरु भएपछि सरकारले चासो देखाएको छ । बिमान कम्पनीहरुले बिदेशमा रोजगारी गुमाएर अपलत्र परेका नेपाली नागरिकलाई चर्को भाडादर राखेर नियमित उडान सञ्चालन गर्दा अलपत्र नागरिकलाई भाडा खर्च जुटाउनै मुश्किल परेको छ । बिमान कम्पनीहरुले तय गरेको चर्को भाडादरको कारण अपलत्र नेपाली नागरिक घर फर्कने हवाई भाडा तिर्न नसक्ने अवस्थाम पुगे पछि दूतावासहरुको शरणमा पुग्ने बाध्यता बनेको छ । न्युज २४ नेपालबाट
