नेपालगन्ज १५ भाद्र- बाँकेमा एक जना कार्यालय प्रमुखलाई घुस सहित पक्राउ गरिएको छ । पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याललाई घुस रकम सहित प्रहरीले पक्राउ गरेको हो । सेवाग्राहीवाट रकम लिएको आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको रकम सहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो । प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
