(Wednesday 28th of October 2026)
`

सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शनका बाबजुद जमैका गुयनासँग पराजित

  • सगरमाथा गन्तब्य
  • 14.7K
    SHARES

    एजेन्सी, ७ भदाै । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खाेलमा जमैकाले गुयना एमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

    पराजित भएको खेलमा नेपाली क्रीकेटर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीले चार ओभर बलिङ गर्दै ८ रन  मात्र खर्चेर दुई विकेट लिँदै किफायती बलिङ गरे । तर आफू सम्मीलित टोली जमैकालाई भने हारबाट जोगाउन सकेनन् । सन्दीपले सेरफेन रुतरफोर्ड र वारियर्सका कप्तान क्रिस गिनलाई आउट गराएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुयानाले निर्धारित १९.१ ‌ ओभरमा सात विकेट गुमाई ११८ रन जोडेको थियो । गुयानाका लागि ब्राडोन किङ्ग्सले २९ रन तथा चन्द्र पउल हेमराज र रोस टायलरको समान २१ रन जाेडे । त्यस्तै  चन्द्रपौल हेमराज र रोज टेलरले समा १४/१४ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

    वारिर्सलाई सामान्य लक्ष्यमा रोक्न मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट लिएका थिए । ११९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभर खेल्दै सात विकेट गुमाएर १०४ रन मात्र जोड्न सक्यो । जमैकाका लागि रसेलले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५३ रनको अविजित अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै कप्तान पाओलले २३ र आसिफ अलिले १४ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन योग्य रहेन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology