(Wednesday 28th of October 2026)
`

राष्ट्रिय झण्डा जलाउने समूहका चार जना समातिए

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    काठमाडौँ, ३ भदौ । युट्यूवमा अपलोड गरिएको ¥याप जान्राको ‘देशद्रोही’ गीतको भिडियेमा राष्ट्रिय झन्डा जलाउने समूहका थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको चार जना पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखा अनुसार अब ६र७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ। पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology