(Wednesday 28th of October 2026)
`

मृतक बृद्धको दाहसंस्कार भइरहेको समयमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि…

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES
    • ज्योति कुमार पन्थी,

    बर्दिया, २ भदौ । बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक बृद्धको सोमबार राति कोहलपुरस्थित मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, आज (मंगलबार) मृतक बृद्धको अन्तिम दाहसंस्कार भइरहेको अवस्थामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मृतक बृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएपछि मलामी गएकाहरुको भागाभाग नै भएको छ । यसै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘कोरोना रिपोर्ट नआउँदै शवको दाह संस्कार भएछ । मलामी गएका सबैलाई क्वारेन्टाइनमा राख्ने हामीले तयारी गरेका छौं । संक्रमितको बस्ती पनि सिल गर्दैछौं ।’

    कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले शव हस्तान्तरण गरेकोबारे छानविन भइरहेको र मृतकको ठेगाना एवं मलामीहरुको पहिचान गर्न प्रहरी खटाइएको प्रजिअ अधिकारीले बताए । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology