बर्दिया, १ भाद्र- तराईको पश्चिम थारु समुदायमा अझै पनि पुरानो पराम्परागत अनुसार देवि देवताहरुलाई धान उत्पादन र किरा तथा रोग व्यावधानहरुबाट धानलाई बचाउनको लागि पुजा गर्ने चलन रहि आएको छ ।
थारु समुदायमा नयाँ नयाँ प्रबिधि अनुसार खेती तथा नयाँ जातका धानहरुको बिउ विजन लगाउन तथा आधुनिक प्रविधि अनुसार चलनचल्ती सुरु भएपनि देवी देउतालाई साक्षी राखेर संस्कृतिलाई बचाउन पुजापाठ गर्ने चलन रहेको छ । थारु समुदायमा पुस्तौ देखि चल्दै आएको हरेरी पुजा अझै पनि कायमै रहेको छ । धान रोपाई सकेपछि धान उत्पादन तथा धान, मकैजस्ता बालीनालीमा राम्रो उत्पादन होस भन्नको लागि हरेरी पुजा गरिने चलन रहेको थारु अगुवाहरु बताउछन् । देबि देउतालाई पुजा गरे धान उत्पादनमा बृद्धि हुने किरा तथा धानमा लाग्ने बिभिन्न किसिमको रोगबाट समेत बचाउनको लागि पुजा गरिने गरेको बढैयाताल गाँउपालिका ५ का किसान फागु थारुले बताउनुहुन्छ ।
पुजा गर्नको लागि गाँउभरका किसानहरुले हरेक घरको ५ देखि १० रुपैया सम्म मिलाएर पुजा गर्ने समाग्री किनेका हुन्छन् । गाउँमा भएको २ जना झाँक्री (गुरुवा) लाई बोलाएर बिभिन्न किसिमका माटोका देवि देउताको मुर्ति र जनावरको मुर्ति बनाएर पुजा गर्ने चलन पुस्तौ देखि चल्दै आएको थारु अगुवाहरु बताउँछन् । पुजा गरेर पुर्खाले चलाएको पराम्परा र देउताहरुमा विश्वास लाग्ने सोही गाँउका किसान गोन्दि प्रसाद थारुले बताउनुहुन्छ ।

हरेरी पुजा गर्दा धान उत्पादनमा बृद्धि हुने र पुर्खाले चलाएको पराम्परा समेत जर्गेना हुने देखिन्छ । देउताहरुलाई खुशी पर्नाको लागि कुखुरा तथा जनावरको पुजा दिने गरिन्छ । कुनै कुनै ठाउँमा अहिले मिठाई र भातमा मकै र सेलरोटी मिलाएर प्रसाद बनाएर देउतालाई चढाउने गरेका छन् ।
