(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा असार ७ गते भेटिएको चाँदी जस्तो टल्किने मुर्ति चोरी

  • सगरमाथा गन्तब्य
  • 25.5K
    SHARES

    नेपालगञ्ज, २७ साउन- नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगञ्जमा गत असार ७ गते भेटिएको चाँदी जस्तो टल्किने मूर्ति हराएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मूर्ति भेटिएको थियो । सो मुर्ति मंगलवार गायब भएको हो । मुर्ति चोरी गर्ने बाटो नभएको हुनाले रहस्यमय बनेको स्थानियले बताएका छन् । राती १ बजेसम्म मुर्ति मन्दिरमै थियो मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हर्क बहादुर गुरूङले बताउनुभयो । नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानीय ४ जना बालकले खेल्ने क्रममा उक्त मूर्ति फेला पारेका थिए । सुरुमा टल्किएको केही बस्तु जस्तो देखिएपछि कोट्याएर हेर्दा मूर्ति भेटिएको स्थानीय १० बर्षीय बालक सुमित नागले बताए । मूर्ति देखिएपछि ४ जनाले पनि निकाल्न नसकेपछि स्थानीयवासीलाई खवर गरेको उनीहरुको भनाइ छ ।


    मूर्ति चाँदीको हुन सक्ने स्थानीय मिरा श्रेष्ठको अनुमान छ । स्थानीयवासीले मूर्ति हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान पनि गरेका थिए । माटो भित्र रहेपनि मूर्तिमा खिया नलागेको स्थानीय मिरा श्रेष्ठले जानकारी गराउनुभयो । अहिले वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्त मूर्ति राखिएको मुर्ति एक्कासी हराएपछि स्थानियवासी रहस्यमय घटना भएको बताएका छन् ।
    मूर्ति स्थानीय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको उक्त मूर्ति ७ किलो भन्दा बढीको रहेको छ । अनुसन्धानका लागि पुजारी र केही स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology