नेपालगन्ज १८ साउन- हसीलो मुहार तीजको म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । महिला दिदीवाहिनीहरुको महान पर्व हरितालिका तीजको मध्यनजर गर्दै हसीलो मुहार बोलको तीज गितको म्युजिक भिडियो सार्वजनिक भएको हो । हसीलो मुहार बोलको म्युजिक भिडियोमा चर्चित मोडल तथा डाइरेक्सन राजन कुमार बैश्य, सुमित्रा गिरी, प्रकाश कडेल (गुलेली कान्छा), अनिता थारुको मुख्य भुमिका रहेको छ । हसिलो मुहार चन्चले बानी, बनाउने मन छ यो दिलको रानी बोलको गितमा स्वर बाबुराम परियार र अनिशा परियारको रहेको छ । क्यामरामा दिनेश ओलीले साथ दिनुभएको छ भने डाइरेक्सन राजन बैश्यकै रहेको छ । हसिलो मुहार चन्चले बानी, बनाउने मन छ यो दिलकी रानी बोलको म्युजिक भिडियोमा २५ जनाले व्याकग्राउण्डमा भुमिका निभाएका छन् । हसिलो मुहार बोलको गित बाँकेको तेलियनपुरमा छायाङकन भएको हो । गितको निर्माता जगदिश सोनीले गर्नुभएको छ भने मेकअपमा अर्या राईले साथ दिनुभएको छ ।

