(Wednesday 28th of October 2026)
`

बाल्यकालको सपना पुरा हुँदैछ : मोडेल सुमित्रा गिरी

  • सगरमाथा गन्तब्य
  • 19.4K
    SHARES

    नेपालगन्ज १४ साउन – नवोदित कलाकार तथा मोडेल सुमित्रा गिरी बर्दियाको पचासीमा जन्मिएकी हुन । आमाबुबाको सपना र आफ्नो बाल्यकालको सपना थियो कलाकारितामा क्षेत्रमा जम्ने त्यसैले कलाकारिता क्षेत्रलाई सानैदेखि रुचिका साथ निरन्तरता दिने योजनालाई अगाडी बढाएको मोडेल गिरीले अभिव्यक्ति दिनुभयो ।
    कलाकार तथा मोडेल सुमित्रा गिरी कलाकारिता क्षेत्रमा रमाइरहेकि छिन । बिगत ४ बर्ष देखि कलाकारिता क्षेत्रमा लागेको उहाँले जानकारी दिनुुभयो । दर्शकमाझ आफुलाई अब्बल बनाउनका लागि निरन्तर कडा मेहनत, परिश्रम गरेर करियर बनाउने र आफ्नो जीवनकाल बिताउने गिरीको सोच रहेको छ । जस्ले गर्दा सफलताको शिखरमा पुग्न सक्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको उहाँले भन्नुभयो । सुरुवातमा केहि समस्या भएता पनि आफूले यो क्षेत्रबाट कहिले पनि अस्ताउदिन जस्तोसुकै समस्या आएपनि आफू सधैं अभिनय गर्न जहिले जस्तोसुकै अवस्थामा पनि गर्ने दाबी गर्नुभयो । गिरी भन्नुहुन्छ, प्रतिस्पर्धात्मक युग भएकाले आफू जमेर काम गर्ने छु आफ्नो बाल्यकाल देखिको सपना कलाकार बन्ने थियो यसलाई पुरा गर्नेछु उहाँले भन्नुभयो ।

    जसले गर्दा त्यो सपनालाई पुरा गर्नका लागि जस्तोसुकै बाधा ब्यवधानलाई ब्यवस्थापन गर्दै अगाडि लम्किरहने छु गिरीले भन्नुभयो । कला क्षेत्रमा काम गर्नका लागि घर परिवारबाट राम्रो सहयोग पाएकोमा गर्व महशुस गरेको छु । तसर्थ कलाकारिता क्षेत्र अंगालेको गिरीले भन्नुभयो । उहाँ अहिले जेएस डान्स क्लब हवल्दारपुरको प्रशिक्षकको रुपमा पनि कार्यरत हुनुहुन्छ । सो क्लबका सस्थापक जग्दिश सोनी रहनु भएको छ । आफ्नो सपना पनि त्यहि भएको अनि घर परिवारको पनि सहमति भएकोले यो क्षेत्रमा काम गर्न सहज वातावरण सिर्जना भएको महशुस गरिरहेको गिरीले भन्नुभयो । बिगत देखिको लगन र मेहनतले आफू अभिनय गर्न पाउँदा खुशी छु । यसरी मेरो कलालाई दर्शकमाझ प्रस्तुत गर्न र विभिन्न किसिमका भिडियोमा अभिनयका लागि जग्दिश सोनीले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको छ गिरीले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology