नेपालगन्ज १२ साउन – रसायनीक मल अभावका कारण बाँकेका किसानहरु मर्कामा परेका छन् । बर्षेनी किसानले झेल्दै आएको रसायनीक मल अभावका कारण उनिहरु चरम अभाव खेप्न बाध्य भएका हुन् । हरेक बर्ष किसानलाई यति मात्रामा मल पु¥याउनुपर्ने जानकारी हुदा हुदै पनि राज्यले किसानलाई चाहिएजति मल उपलव्ध गराउन नसक्दा यस्तो समस्या भएको किसानहरु बताउँछन् । बाँके जिल्लामा बर्षेनी…….. मल खपट हुन्छ तर राज्यले किसानको माग अनुसार मल उपलव्ध गराउन सकेको छैन । खेतवारीमा चाहिए अनुसार मल पुु¥याउन नसक्दा उत्पादनमा पनि कमि आउने गरेको किसान आशिष सोनखरको भनाई छ ।
मलको लागि दैनिक कृषि सामाग्री केन्द्र नेपालगन्ज धाउँछु अनि खाली फर्किन्छु उहाँले भन्नुभयो । दैनिक यस्तै भैरहेको यहाँका कर्मचारी २÷३ दिनमा आउँछ भन्छन फेरी आयो खाली हात फर्किन बाहेक केही हुन्न् । धान सुक्न लाग्यो यति बेला धानले मल पायो भने उत्पादन बढ्छ नत्र पोहोर जस्तै हुन्छ उहाँले भन्नुभयो । करिव १ महिना भयो मलको लागि कार्यालयमा धाउन लागेको तर आज आउछ भोली आउँछ भनेर फर्किनु परेको छ सोनखरले भन्नुभयो ।
मल ओसारपसार गर्ने कार्य गरिरहेका एक जना मजदुरले भन्नुभयो । गोदाममा मल छैन बाहिरबाट आउनुपर्ने मल नआएपछि आउने जाने काम मात्र भैरहेको जगतराम सोनखरले बताउनुभयो । केही काम मिल्छ भनेर दैनिक कार्यालय पुग्यो तर मल आउँदैन अनि खाली विना काम गरेर फर्किने कार्य भैरहेको उहाँले बताउनुभयो ।
सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल यूरिया प्रसाद जस्तो मात्रै भएको गुनासो गरेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्ज र साल्ट टे«डिङ्गले किसानको माग अनुसार मल उपलब्ध गराउन नसक्दा किसानहरु चिन्तित हुन थालेका छन् । बर्खायाममा किसानका लागि यूरिया मलको आवश्यकता बढी हुने समय हो । मल अभाव यस बर्ष मात्रै होइन यसअघिका बर्ष पनि कृषकलाई आवश्यक भएका बेला पर्याप्त मल उपलब्ध हुने गरेको थिएन । ‘हरेक बर्ष समस्या झेल्नु पर्छ, तर यो बर्ष अझै बढी भयो’, कृषक पर्शुराम कोरीले भन्नुहुन्छ । मल वितरणको अनुमति पाएका सहकारीहरु किसानहरुको मागको दबाबमा पर्ने गरेको बताउँछन् । आफुले माग अनुसार मल नपाएपछि किसानहरु अनुदानको मल माग अनुसार नभई प्रसादको रुपमा मात्र बिक्री हुने गरेको आक्रोश पोख्छन् । कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ सहायक अवैधलाल श्रेष्ठले यूरिया नआएकाले कृषकलाई समयमा मल दिन नसकिएको प्रतिक्रिया दिएका छन् । ‘केन्द्रबाट नै खरिद प्रक्रिया ढिलो हुदा हामीले माग बमोजिम मल आपूर्ति गर्न सकेका छैनौं’, उहाँले भन्नुभयो । बाकेलाई बार्षिक ३ हजार मेट्रिक टन मल आवश्यक पर्छ । अहिले भने कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा यूरियाको स्टक सकिएको छ । अहिले १५ सय मेटिक टन भए काम चल्ने उहाँले बताउनुभयो ।
बाँके र बर्दियाका किसानहरु यूरीया मल नपाएर रात दिन भौतरी रहेका छन् । नेपालमा मलको जुगाड नभए पछि किसानहरु नेपाल भारतको सिमा क्षेत्रमा रात दिन बास बसेर व्यपारीहरुलाई कुरी रहेका छन् । भारतका प्रहरीले नेपालमा मल सजिलै ल्याउन दिन्छ तर नेपालमा प्रवेश गर्न साथ नेलाली प्रहरीहरु किसानहरुलाई सताउने र मल लिलाम गर्ने गरेको छ ।
