(Wednesday 28th of October 2026)
`

युनेस्कोद्धारा फर्निचर सहयोग

  • सगरमाथा गन्तब्य
  • 12.8K
    SHARES

    बर्दिया— युनेस्को क्लब बाँकेले बढैयाताल गाउ“पालिका ५ स्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबि बढैयालाई फर्निचर सहयोग गरेको छ । क्लबका संरक्षक प्रवेजअलि सिद्दीकी र निर्देशक रबी तुलाधरले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिंह थारु र प्राधानाध्यापक गंगा चौधरीलाई फर्निचर हस्तान्तरण गरेका हुन । थ्रि सिटर एक र एक थान टि टेबुल हस्तान्तरण हस्तान्तरण कार्यक्रममा बिद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । सहायक प्राधानाध्यापक पृथीबहादुर बुढाले युनेस्को क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । युनेस्को क्लबका संरक्षक सिद्दीले अगामि दिनमा यसै गरी सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि युनेस्कोले साना नानी बाबुहरुलाई बस्नका लागि कुसन, कार्पेट लगायतका सामाग्री हस्तान्तरण गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology