(Wednesday 28th of October 2026)
`

बालश्रम, बाल दूव्यवहार न्यूनिकरण बारे नेपालगन्जमा अन्तरक्रिया

  • सगरमाथा गन्तब्य
  • 13.2K
    SHARES

    नेपालगन्ज – बाल अधिकार, बाल हिंसा, बालश्रम, बाल दूव्यवहार न्यूनिकरण बारे नेपालगन्जमा अन्तरक्रिया
    कार्यक्रम गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय बा“के, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा नेपालगंज उपमहानगरपालिकाका नगरस्तरिय बालक्लव संजाल नेपालगन्जको आयोजनामा शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपालगंज उपमहानगरपालिकाका नगरस्तरिय बालक्लव संजाल का अध्यक्ष अंकित मिश्राको अध्यक्षतामा भएको नेपालगंज उपमहानगरपालिकाका बिभिन्न वडाका बाल क्लव सञ्जालका करिव ६५ जना प्रतिनिधिहरु समक्ष बाल अधिकार, बाल हिंसा, बालश्रम , बाल दूव्यवहार र न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बा“केका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथ्यता गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology