खजुरा, खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ । ५ नंम्बर प्रदेश सांसद द्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् । बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संचालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।
