नेपालगन्ज ०१ साउन- बाँकेको नेपालगन्जमा सलहको झण्ड देखिएको छ । विहीवार बाँकेकै राप्तीासोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका, डुडुवागाउँपालिका हुँदै नेपालगन्ज उपमहानगरपालिकामा पनि सलहको झुण्ड देखिएको हो । नेपालगन्जको आकाशमा सलहको ठुलै झुण्ड देखिएको स्थानियले बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, २, ४, ५, १८, २०, २१ र २२ वडामा देखिएको सलह नेपालगन्ज उपमहानगरपालिका धम्बोझी, गणेशपुर, कारकाँदो, न्युरोड, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क हुँदै कोहलपुर क्षेत्रतिर गएको स्थानिय भुमिसरा वाग्लेले बताउनुभयो । यसरी सलहको झुण्ड देखेको थिएन पहिलो पटक सलहको झुण्ड देखिएको वाग्लेले बताउनुभयो । सलह नेपालमा पनि आएको सुने तर आज प्रत्यक्ष देखे उहाँले भन्नुभयो । घरको छतमा बसेर सलहको भिडियो बनाउदै वाग्ले यस्तो भनेका हुन् ।
बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो । नेपालगन्ज सहरको आकाशमा सलह देखिएपछि स्थानीयहरु त्रसिद बन्नुका साथै सलह हेर्नकै लागि घरबाहिर, घरको छत तथा सडकमा स्थानीयको भिड समेत लागेको छ । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार सलह प्रबेश गरेपछि गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेको थियो ।
यद्यपी बाँकेका विभिन्न क्षेत्रमा सलह देखिएसगैं किसान चिन्तित बनेका छन् । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको सलह नरैनापुर गाउँपालिकाको गंगापुर हुदै बुधबार डुडुवामा प्रबेश गरेको थियो भने यतिबेला सलहको झुण्ड नेपालगन्ज सहरको आकाशमा बाक्लो रुपमा देखिएको छ । सलहको झुण्डले कहाँ र कुन कुन किसानको खेतवारी नष्ट गर्ने बारे अन्योल्ता रहेको छ । यत्रो ठुलो झुण्ड खेतवारीमा बसे भने के हालत होला एक किसानले भन्नुभयो ।
