(Wednesday 28th of October 2026)
`

महिला पत्रकारलाई मास्क र सेनिटाईजर वितरण

  • सगरमाथा गन्तब्य
  • 9.7K
    SHARES

    नेपालगन्ज २५ असार – नेपाल पत्रकार महासंघ बाँके शाखा महिला विभागद्धारा विहीवार मास्क र सेनिटाईजर वितरण गरिएको छ ।
    कोरोना भाइरसको कहरमा अग्रपंक्तिमा काम गर्ने महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो । बाँकेमा कार्यरत महिला पत्रकारहरुलाई १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तथा महिला विभाग प्रमुख रुपा गहतराजले जानकारी गराउनुभयो ।


    मास्क र सेनिटाइजर वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु शाही, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, उपाध्यक्ष रुपा गहतराज, सदस्य रेजिना मल्ल, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाह लगायतका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । पहिलो चरणमा १५ जना महिला पत्रकारलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ भने दोश्रो चरणमा थप महिला पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने शाखा उपाध्यक्ष गहतराजले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology