(Wednesday 28th of October 2026)
`

प्रिमियर लिग अन्तर्गत चार खेल सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    काठमाडौं, २१ असार । प्रिमियर लिग अन्तर्गत गएराति चार खेल भएका छन् । जसमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि सहज जित निकालेको छ । खेलको सुरुवाती चरणमा प्रतिस्पर्धात्मक बनेपनि त्यो अवस्थालाई बोर्नेमाउथले कायम राख्न सकेन । अन्तत: बोर्नेमाउथ ५-२ को गोल अन्तरले पराजित भयो । यो सँगै म्यान्चेष्टर युनाइटेड पछिल्ला १६ खेलमा अपराजित रहेको थियो । जितपछि उसको ५५ अंक भएको छ । युनाइटेड लिगको पाचौँ स्थानमा रहेको छ । उता पराजित भएको बोर्नेमाउथ भने लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।

    गएराति नै चेल्सी र वाटफोर्डबीच अर्को खेल भएको भएको थियो । जसमा ३–० को सहज जित चेल्सीले हासिल गर्यो । जसका लागि ओलिभर जिरु, विलायन र रोस बार्कले एक-एक गोल गरेका थिए । आफ्नो मैदानमा भएको खेलमा उसले वाडफोर्डमाथि जित निकालेको हो । उसको लगातार चौथोँ जीत हो । चेल्सी खेलको चौथौ स्थानमा रहेको छ । उता गएराति नै आर्सनलले पनि जित निकालेको छ । उसले वुल्भसलाई २-० ले हराउँदै लिगको सातौँ स्थानमा उक्लिएको हो ।

    उसका लागि साका र अलेक्सान्डर लाकाजेटले १-१ गोल गरेका थिए । त्यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेका छ । उसले क्रिस्टललाइ ३-० र्ले हराउँदै तेस्रो स्थानमा सुरक्षित गरेको छ । उसको जितमा जेमी भार्डीले दुई गोल र केलेची इहेनाचोले अर्को एक गोल गरेका थिए । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology