(Wednesday 28th of October 2026)
`

दौड प्रतियोगिता गरेर बाँकेमा मनाइयो धान दिवस (फोटो फिचर सहित)

  • सगरमाथा गन्तब्य
  • 27.4K
    SHARES

    नेपालगन्ज १५ असार – कोरोनाको कहरसंगै बाँके लगायत विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाईएको छ । असार १५ का दिन देशभर धान दिवस भव्यका रुपमा मनाईने गरिन्छ । असार १५ अर्थात धान दिवसका दिन हरेक बर्ष झै धुमधामका साथ धान दिवस मनाउदै आएपनि बाँके जिल्लामा भने यस बर्ष कोरोना भाइरसको जोखिमका कारण सामान्य रुपमा मनाईएको हो । दिवसकै दिन नेपालगन्जमा दौड प्रतियोगिता गरि धान दिवस मनाइएको छ ।

    धान लगाउने आलीमा दौडेर विजेता हुनेलाई पुरस्कार समेत प्रदान गरिएको छ । हरेक बर्ष बाजागाजा सहित मनाउने दिवसलाई यस बर्ष दिवसलाई सार्थकता दिनलाई मात्रा धान दिवस मनाएको अग्रजहरु बताउछन् । बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुर, जानकी गाउँपालिका, नरैनापुर, राप्तीसोनारी, बैजनाथ गाउँपालिका लगायतका ठाउँमा सामान्य धान दिवस मनाएका छन् । आजकै दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै रहेको छ । कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर भएको निकै वर्ष हुन थाल्यो ।

    यस वर्ष कृषकलाई कोरोनाको कहर त थियो नै सलहको अर्को प्राकृतिक आपत् पनि थपिएको छ । जसले किसान चिन्तित भएका छन् । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो । नेपालमा धानको उत्पादन प्रतिहेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । नेपालमा धानका रैथाने जातका ८६ मध्ये ७ वटा मात्र रैथाने जातका धानको खेती हुन्छ । नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।


    आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । असारे भाखा हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।
    यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको छ । नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि मनसुन सुरू हुने गर्दछ । अधिकांश किसान अकाशे पानीमा भर पर्नुपर्ने बाध्यताका कारण पनि जहिले पानी पर्छ त्यही बेला मौका छोप्नुपर्ने अवस्था छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा उपलब्ध छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology