(Wednesday 28th of October 2026)
`

कुवेतबाट १६० नेपाली आइपुगे, अन्य ५ देशबाट पनि आजै नेपालीको उद्धार गरिँदै

  • सगरमाथा गन्तब्य
  • 10.7K
    SHARES

    काठमाडौं । कुवेतमा आममाफी पाएका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । आज मात्रै कुवेतमा आममाफी पाएका १६० नेपाली काठमाडौं आइपुगेका छन् ।  उनीहरूलाई कुवेत सरकारले जजिरा एयरलायन्सबाट निःशुल्क रूपमा स्वदेश फर्काएको हो । कुवेतमा आममाफी पाउनेको संख्या झन्डै तीन हजार छ । उनीहरूलाई दैनिक रूपमा नेपाल फर्काइने तयारी छ ।

    आजै कतारबाट १४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिमालयन एयरलाइन्सको एचआईएम ५६३२ को उडानबाट बिहान ८ः५५ बजे नेपाल आइपुगेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज माल्दिभ्सबाट १५०, अस्ट्रेलियबाट २७५, बंगलादेशबाट १४४ र साउदीको जेद्दाबाट १२५ जना नेपाली स्वदेश फर्कंदै छन् । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology