नेपालगन्ज ०४ असार – निजी तथा आवशिय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला कार्यसमिति बाँकेले आज राहत वितरण गरेको छ । करिव ३ महिना लामो समय लकडाउनका कारण समस्यामा परेका निजी विद्यालयका शिक्षक र कर्मचारीहरुलाई राहत प्रदान गरेको हो । निजी विद्यालयमा कार्यरत कर्मचारीहरुको समस्यालाई मध्यनजर गर्दै प्याव्सन बाँकेले नगद रु ३५ हजार प्रदान गरेको छ ।
प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्यले निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष गम बहादुर डागरलाई बिहीवार ३५ हजारको चेक हस्तान्त्रण गर्नुभएको हो । कोरोना भाइरस महामारीले लकडाउनमा परेका अति प्रभावित शिक्षक र कर्मचारीहरुलाई केही राहत मिलोस भन्ने उद्देश्यका साथ चेक प्रदान गरिएको प्याव्सन बाँकेका अध्यक्ष आचार्यले जानकारी गराउनुभयो । साथै कोरोनाको कहरमा सवैजनालाई सामाजिक दुरी कायम गरि उत्तरदायित्व बहन गर्ने सवालमा प्याब्सन बाँके तम्तयार रहेको प्याब्सन बाँके अध्यक्ष आचार्य भन्नुभयो । प्याव्सन बाँकेले लकडाउनको समयमा विभिन्न ठाउँमा राहत सहयोग गरेको छ ।
