(Wednesday 28th of October 2026)
`

कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेट

  • सगरमाथा गन्तब्य
  • 13.2K
    SHARES

    काठमाडौं । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ । कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने मन्त्रालयका अधिकारी बताउँछन् । कसरी सिकाउने भनेर अलमलमा परेको मन्त्रालयले निर्देशिका जारी गरी चारवटा वैकल्पिक उपाय अपनाएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology