कृष्ण जिसी, नेपालगन्ज – आज विश्व कोरोना भाईरस (कोभीड-१९) को संक्रमणबाट प्रभावित भैरहेको अवस्थामा नेपाल पनि प्रताडित हुन पुगेको छ। उधोग ब्यवसाय शैक्षिक संस्था यातायात पर्यटन आदि सम्पुर्ण बन्द हुँदा आर्थिक अवस्था धारासायी भएको सर्बबिदितै छ। सरकारका आम कार्यशैली सुझबुझका साथ नभएको हो भन्ने हाम्रो ठम्याई हो। आज जे जसरी कोभीड-१९ बाट जनतालाई संरक्षणका नाममा खर्च ब्यबस्थापन प्रती पक्कै नेपाली सचेत युवाले जानकारी लिन एवम खोजबिन गर्न पाउनु पर्दछ। लोकतान्त्रिक परिपाटीमा आफु असहमत भएका विषयमा प्रमाणगत आधारमा तर्कसंगत बिचार राख्न पक्कै पाईन्छ। अनुशासित एवम बिना अराजकता राखिने खुला बिचारमा राज्यद्वारा दमनमा उत्रनु लोकतान्त्रिक शोभा दिदैन।
गलतलाई गलत भनी सच्चिन सुझाव र सकारात्मक कार्यमा प्रसंशा र प्रेरणा दिनुपनी प्रतीपक्ष, नागरिक समाज,बौद्धिकजगत र आम सजग नागरिकको कर्तव्य बन्दछ। आज सरकारले प्रतीपक्ष, आम देशभक्त नागरिक राष्ट्रिय अखण्डता, सार्बभौमका लागि एकजुट भै बिस्तारबादी भारतले कब्जा गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशन गर्न सामर्थ्य गर्न सक्यो। हामी सच्चा देशभक्त नागरिक हौं भने अन्य असहमतिका विषयलाई पुन भविश्यमा उठान गर्ने हिसाबले आज नेपाल र नेपालिको गौरवगाथाका लागि लिम्पियाधुरा लिपुलेक समेटेर नेपाली निशानाछापका साथ नेपालको नक्सा कोर्ने संविधान संशोधन दोस्रो बिधयक प्रतिनिधिसभा संसदमा पास हुदैछ। आज हामी नेपालीको लागि एतिहासिक गौरव र उत्सवको दिन पनि हो। सानो बिकासोन्मुख रास्ट्र भएपनी कसैको उपनिवेश नभइ साथ सगरमाथाको उचाई जस्तै उच्च शिर पारी स्वाभिमानका साथ रहेका छौं ।यसर्थ कहि कतै जान अन्जानमा बर्तमानको नेपालको भविश्यको रेखा कोर्ने सुनौलो साहशिक कदमलाई तुहाउने भारतको रणनितिको मोहरा नबनौ। पक्कै पनि वीर गोरखालीका सपूत आधा पेट खान्छौ तर नेपाल मातृभुमी प्रती घात गर्दैनौ। आगामी पुस्ताको कलन्क बन्ने पक्कै छैनौ। यसर्थ आजको एतिहासिक दिनमा सार्बभौम रक्षाका लागि एक्यवद्धता जाहेर गर्दै जुलुस बिरोधका कार्यक्रमलाई आगामी दिनमा गर्ने गरि हरेक तह र तप्का बाट साथ दिई नेपालको नक्सा कोर्ने सुनौलो अवसर नगुमाई इतिहास कोर्नु बुद्धिमता हुनेछ, समयसान्दर्भिक हुनेछ।
