(Wednesday 28th of October 2026)
`

कालिकोटमा भएको टिपर दुर्घटना २ को मृत्यु, ९ घाईते, ६ जना बेपत्ता (अपडेट)

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES
    • मनिराज पाण्डे

    कालिकोट , २८ जेठ । कालिकोटको लालिघाट बजारबाट रास्कोट नगरपालिका तर्फ जादै गरेको जा ८ ख ५१३३ नम्बरको टिप्पर श्रृखोली मन्दीर नजिकै दुर्घना हुँदा २ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । भारत लगायत देशका बिभिन्न मुलकबाट आएका स्थानीयलाइ उद्धारगरी रास्कोट क्वारेन्टाइनमा लैजाने क्रममा टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाईते भएका ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाँईले न्यूज २४ लाई बताउनु भयो । रास्कोट नगरपालिका २ बर्ष २१ की ठुम्की सार्की, बर्ष २३ की शर्मिला सार्कीको घटनास्थलमै मृत्यु भएको छ । रास्कोट नगरपालिकाकै मर्ना कुमाल, सरिता सार्की लगायत ६ जना बेपत्ता भएको घटनास्थलमा पुगेका पत्रकार प्रेमराज सिम्खाडाले जानकारी दिनुभयो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology