(Wednesday 28th of October 2026)
`

लकडाउन मोडालिटी फेर्ने बारे आज मन्त्रिपरिषद बैठक बोलाईयो

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    काठमाडौं, २८ जेठ । नेपालमा लकडाउन जारी भएको करिव ३ महिना पुग्नै लाग्दा जनजिवन अस्तव्यस्त बनेको छ । कोरोना भाइरसको कारण लकडाउनको मोडालिटी फेर्ने कि के गर्ने बारे आज मन्त्रिपरिषदमा बैठक बोलाइएको छ । लकडाउनको मोडालिटीको चर्चाको विषय बनेको तर अनिर्णित रहेको लकडाउन मोडालिटी फेर्ने बारे छलफल गर्न आज फेरि मन्त्रिपरिषद बैठक बोलाइको हो ।
    दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा समसायिक विषयका साथै लकडाउनको मोडालिटीबारे पनि छलफल हुने बताइएको छ ।
    कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र । कोभिड(१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले तयार गरेका लकडाउन मोडालिटी बारेका प्रस्ताव मर्ज गरेर सोही अनुसार मन्त्रिपरिषदले निर्णय लिन सक्ने बताइएको छ । समितिले दुई हप्ताको एक चरण हुनेगरी गरी पाँच चरणमा लकडाउन खुकुलो बनाउँदै जाने प्रस्ताव तथा सेन्टरले ६ चरणमा लकडाउन खुकुलो गर्ने प्रस्ताव यसअघि नै सरकारलाइ बुझाएका छन् ।

    मुलुकमा संक्रमणका घटना झन बढिरहेको बेला लकडाउन खुकुलो बनाउन नहुने पक्षमा प्रधानमन्त्री केपी ओली रहेको बुझिन्छ । तर लामो लकडाउनले जनजीवन झनै कष्टकर भएको भन्दै तीव्र असन्तुष्टि र लकडाउन उल्लंघनका घटना बढ्न थालेका छन् ।
    सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालभर लकडाउन घोषणा गरेको थियो । यसको पछिल्लो अवधि जेठ ३२ सम्म कायम छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology