नेपालगन्ज २५ जेठ -जनमत पार्टी बाँकले ६ बुंदे माग अगाडी सारेको छ । लामो समय कोरोना भाइरसको कारण मारमा परेकाहरुको लागि जनमत पार्टीले ६ बुंदे माग अगाडी सारेको हो । आइतवार जनमत पार्टीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापन पत्र बुझाएको हो । लकडाउनको कारण स्थानिय जनता रोग र भोकले प्रभावित बनेका छन् । सर्वसाधारण जनताको सानो सानो रोजगारी गुमेको छ जनमत पार्टीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । जनमत पार्टीले लकडाउनको अवधीभरको घरभाडा मिनाहा गर्न, बैंक व्याजमा छुट, विद्युत, टेलिफोन, इन्टरनेट महसुलमा छुट, गरिव मजदुरहरुलाई यथास्थानबाट पहिचान गरि जनही ५ हजार नगद सहुलियत सहयोग गर्न, व्यापार व्यवसायको समय विहान ७ बजेदेखि बेलुका ७ ः ३० बजेसम्म खुल्ला गर्न र अड्डा आलत खुल्ला गर्न माग गरेको छ ।

यस्तै जनता पार्टी बाँकेले नेपालगन्ज उपमहानगरपालिकालाई पनि ज्ञापन पत्र बुझाएको छ । नेपालगन्जको त्रिभुवन चोकलाई २०६२/६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागि मधेशी सहिदको नाममा चौकको नामाकरण गरिएको थियो । सोही अनुसार नामाकरण हुनुपर्ने जनमत पार्टीको माग छ । पछिल्लो वर्ष उपमहानगरपालिका नेपालगन्ज तथा उद्योग बाणिज्य संघ नेपालगन्जको अगुवाइमा चौक मर्मतको नाममा तोडफोड गरियो त्यसैलाइ लिएर जनमत पार्टीले लगातार बिरोध जनाउँदै तथा मधेश सहिद चौक निर्माणको पहल गर्दै आएको छ । ज्ञापनपत्र जनमत पार्टीका नेता इरफान अहमद शेषको नेतृत्वमा भएको थियो साथै जिल्लाका प्रमुख नेताहरू जाबिर हल्वाइ, हरपाल सिंह सिख, रियाज अंसारी, मेराज अंसारी, शैलेन्द्र कर्ण, मुकिम अंसारी, अल्ताफ हुशेन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो । त्यसै भेटघाटको क्रममै उपमहानगरपालिकाको अन्य कामकाजको बारेमा पनि छलफल गरिएको थियो ।
