नेपालगन्ज १४ जेठ- बाँकेमा नयाँ सिडियो आएकै दिनदेखि निषेधाज्ञा घोषणा भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ती जारी गरि बाँके जिल्ला अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ आज बाँकेका प्रमुख जिल्ला अधिकारी भएर हाजिर भएका हुन् । हाजीर भएकै दिन बुधवार साँझा सारोकारवाला निकायसंगको छलफल पश्चात बाँके जिल्लालाई निषेधाज्ञा जारी गरे मात्र सम्भव भएको भन्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । कोरोना भाइरसको संक्रमणबाट बाँके जिल्लामा हालसम्म १५४ जनामा संक्रमण देखिएको छ र संक्रमणबाट एक जनाको मृत्यु समेत भएको छ । यस संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ । बाँके जिल्ला भरि आज राती १० बजेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि अत्यावश्यक सेवाहरु ज्स्तै भोजनालय, औषधी पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, संचालन सम्बन्धि सेवा , मालसमान ओसारपसार गर्ने तथा निर्मा(ा कार्यमा प्रयोग हुने ढुवानी, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषि तथा कृषि पशुपंक्षिजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बुधवार राती १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम यस जिल्ला भरी नगर्न ÷ नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्धारा हस्ताक्षर रहित विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत विज्ञप्तीमा सुचित गरिएको छ ।
