(Wednesday 28th of October 2026)
`

थप ३ जनामा कोरोना, संक्रमित संख्या ४५७ पुग्यो

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    काठमाडौं, ८ जेठ । नेपालमा पुनः थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल–नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–रुपन्देहीमा गरिएको परीक्षणमा विहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार बाँकेको नैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा–३ का ४२ वर्षीया महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितहरुको संखया ४५७ जना पुगेको छ । हालसम्म नेपालमा ३ जना संक्रमितहरुको ज्यान गइसकेको छ, भने ४९ जना संक्रमितहरु निको भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology