(Wednesday 28th of October 2026)
`

टोल टोलमा युवाहरु

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज २३ बैशाख- नेपालगन्जमा कोरोना संक्रमितको पुष्टि भएसंगै राप्तीसोनारी गाउँपालिकामा पनि सुरक्षामा अझ कडाई गरिएको छ । पुर्व ,पश्चिम राजमार्ग अन्तर्गत पर्ने राप्तीसानारी गाउँपालिकाका टोल टोलमा स्वयम सेवकहरुलाई लकडाउनलाई अझ प्रभावकारी बनाउनका लागि खटाइएको छ । वडा नं ८ शम्शेरगन्जको निकै नै व्यस्त बजार राजमार्गमा पर्ने कारण यस क्षेत्रमा आवत जावतलाई निकै कडाई गरिएको छ । वडा नं ८ का स्थानीय युवाहरुको क्लवले टोल टोलमा सुरक्षा दिई रहेका छन् । टाईगर स्र्पाेट्स क्लबका युवाहरुले हेलचेकराई गरि रहेका व्यतिmहरुलाई सम्झाउने, बुभाउने तथा टोल टोल का बासिन्दाहरु सर्तक भएर बस्न आग्रह गरेका छन् । वडा नं ८ ले क्लबका स्वयमसेवकहरुलाई मास्क तथा ह्यान्ड स्यानीटाईजर प्रदान गरेको छ भने,त्यसै गरि शम्शेरगन्ज बजार क्षेत्रमा रहेका सम्पुर्ण मेडिकल पसलले ह्यान्ड गल्बस प्रदान गरेको छ । त्यस्तै नेपाल प्रहरी तथा शम्शेरगन्ज उद्योग वाणिज्य संघको समेत रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology