(Wednesday 28th of October 2026)
`

निःशुल्क भण्डारा सञ्चालन हुने

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES

    नेपालगञ्ज, चैत २९ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, विद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिक रुपमा साँझ विहान गरि दुई पटक निशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको हो । उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलिला मैदान, आदर्श मावि राझा र शिक्षण अस्पताल पछाडीको आप बगियामा निशुल्क भण्डारा सञ्चालन गरिने छ ।

    भण्डारा सञ्चालन कार्यको अनूगमन तथा सहजिकरणका लागि नगर प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा उपप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ, वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु लामा, वडा नम्बर १२ का वडा अध्यक्ष वुद्धीसागर सुवेदी, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य मञ्जु नेपाली र सिमा कशौधन सदस्य रहेको समिति गठन गरिएको छ ।

    नगरप्रमुख राणाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका ब्यक्ति र विद्यार्थीका सञ्चालन गर्न लागिएको भण्डारामा सरसफाईसँगै भिडभाड हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिनुभयो । आईतबार आन्तरिक ब्यवस्थापन गरेर सोमबारदेखि भण्डारा सञ्चालन गर्ने उप–महानगरपालिकाको तयारी छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका विपन्न समुदायको पहिचान गरि वडा कार्यालय मार्फत राहत वितरण गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस(कोभिड–१९) को संक्रमणबाट उप–महानगरपालिकाका जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीहरुको मृत्यु भएमा राहत स्वरुप १५ लाख रुपिया परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology