नेपालगन्ज २८ चैत्र
मानिसहरुको आवतजावतमा कमि भएको लकडाउनको अबसर पारेर बाँकेको कोहलपुरमा १४ वर्षिया बालिका बलात्कृत भएको समाचार विभिन्न संचारमाध्यममा आएको घटनाप्रति महिला मानबअधिकार रक्षक संजालका अध्यक्ष अछरी पोखरेलले खेद प्रकट गर्दै दोषीमाथि कानुन बमोजिमको कारबाहिको माग गर्दै एक प्रेस विज्ञप्ती जारी गर्नु भएको छ ।
कोहलपुर ११ बस्ने अन्दाजी २४ वर्षिय आकाश मल्ल र दाङ घर भई अध्यानको सिलसिलामा कोहलपुर एकतानगर बस्दै आएका अन्दाजी २४ वर्षिय अंकित गिरिले सामुहिक बलात्कार गरेको पीडितले बताएकी छिन । एकतानगर घर भएकी १४ वर्षिया बालिकालाई मल्लले आईतबार आफ्नै घरमा काम छ भनी बोलाएर डर धम्की देखाएर दुई जनाले सामुहिक बलात्कार गरेको प्रहरी जनाएको छ ।
घटनामा सहभागी अभियुक्त आकाश मल्ललाई आफन्तको सहयोगमा प्रहरीले पक्राउ गरेतापनि अर्का अभियुक्त अंकित गिरि फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुबै जना अभियुक्तलाई कानुन बमोजिमको कारवाही र पीडितलाई न्याय दिलाउन सम्बन्धित पक्षसंग जोडदार माग गरेको छ । यदि पीडितले न्याय नपाउने र पीडक उम्कने अवस्था आएको खण्डमा महिला मानबअधिकार रक्षक संजाल बांके कडा रुपमा प्रस्तुत हुने पनि यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
