(Wednesday 28th of October 2026)
`

१९ औं दिन नेपालगन्जको लकडाउन प्रभाव (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 30.6K
    SHARES

    नेपालगन्ज २८ चैत्र
    आज शुक्रवार नेपाल सरकारले लकडाउन घोषणा गरेको १९ औ दिन पुरा भएको छ । लकडाउनको पुर्णरुपमा पालना गरिएको देखिन्छ । नेपालगन्ज बजार सुनसान छ । अत्यावश्यक कार्यबाहेक नेपालगन्ज, कोहलपुर, खजुरा, सम्झना, अगैया, राँझा बजारमा निस्कने नागरिक कमै निस्केका छन् । नेपालगन्ज उपमहानगरपालिकामा १९ औं दिन पनि लकडाउनको प्रभाव कायमै देखिन्छ । दिनभरि बजारको दृष्य सुनसान हुन्छ । विश्वभर कोरोना भाइरसको कहर चलेको बेला देशभरी नै लकडाउनको प्रभाव कायमै रहेको छ ।

    बाँके जिल्ला पनि लकडाउन घोषणा भएसंगै पुर्णरुपमा लकडाउनको पालना गरिएको छ । बजारभरि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ भने लकडाउनको उलङघन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही समेत थालेको छ । हरेक दिन लकडाउनको उलङघन गर्ने व्यक्ति र सवारीसाधनलाई कारवाहीको दायरामा लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology