नेपालगन्ज २८ चैत्र
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सक्रमण फैलन नदिन सरकारले देशभर लागू गरेको लकडाउनको उलङ्घन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बिहीवार नेपालगन्ज स्थित नगर क्षेत्रको बिभिन्न स्थानमा अनावश्यक रुपमा समुहमा हिडडुल गरिरहेका १ सय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो जसमा (पुरुष–१०० र महिला–१७) जनालाई म्यान क्याचर स्टिकको प्रयोग गरी नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । यस्तै जिल्लाका बिभिन्न स्थानहरुबाट लकडाउनको उल्लङ्घन गरि सवारी साधन चलाएका ५४ वटा मोटर साईकलको चाबी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।
