(Wednesday 28th of October 2026)
`

वडा नं. ७ मा राहत वितरण (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 14.5K
    SHARES

    नेपालगन्ज २७ चैत्र
    नेपालगन्ज उपमहानगरपालिका वडा न ७ मा ४५० घरपरिवारलाई पहिलो चरणको राहत वितरण सम्पन्न गरिएको छ । पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्तम लागु गरि राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहाय, अपांग, बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, एकल महिलाहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. ७ का वडा अध्यक्ष जुमन खाँले जानकारी दिनुभयो । वडाले पहिलो चरणमा ४५० जनाको लगत संकलन गरेको आधारमा राहत वितरण गरिएको वडा अध्यक्ष खाँले जानकारी गराउनुभयो । एक घरपरिवारलाई १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, ५ किलो आलु, आधा लिटर तेल, १ वटा सावुन, १ किलो नुन, वितरण गरिएको वडा अध्यक्ष खाँले जानकारी गराउनुभयो ।
    पहिलो चरणमा छुटेका तथा नपाएका नागरिकलाई दोश्रो चरणको लगत संकलन गरि अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष खाँले जानकारी गराउनुभयो । १५ दिन पुग्ने खालको राहत वितरण गरेका छौं यसलाई समय अनुसार थपिने उहाँले जानकारी गराउनुभयो । वडामा बसेका विद्यार्थीलाई समेत राहत वितरण गरिएको वडा अध्यक्ष खाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology