नेपालगन्ज २४ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का युवा मोहम्मद मोहसिन हल्वाईले व्यक्तिगत लगानीमा माक्स वितरण गर्दै आउनुभएको छ । व्यक्तिगत लगानीमा नेपालगन्जका विभिन्न स्थानमा माक्स वितरण गर्दै आएको स्थानिय युवा हल्वाईले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ र वडा नं. ७ का स्थानिय नागरिक, युवा, नागरिक समाज, स्वास्थ्यकर्मी, वडावासीलाई अहिलेसम्म २००० पिस माक्स वितरण गरिसकेको उहाँले बताउनुभयो । कोरोनाको संक्रमणबाट बच्न र बचाउन आफुले व्यक्तिगत लगानीमा आफैले निर्माण गरेको माक्स वितरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो । नेपाल युवा क्लव केन्द्रीय अध्यक्ष समेत रहनुभएका मोहम्मद मोहसिन हल्वाईले केही दिनमा ५०० पिस माक्स पुन वितरण गरिने उहाँले जानकारी गराउनुभयो । अव जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र चोकचोकमा माक्स वितरण गरिने उहाँले जानकारी गराउनुभयो । यस्तै नेपाल कपडा सिलाई व्यवसायी संघ बाँकेले चैत्र २५ गते नेपालगन्जका विभिन्न स्थानमा माक्स वितरण गर्ने हल्वाईले जानकारी गराउनुभयो ।

