नेपालगन्ज २२ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वडा न १ मा २५० घरपरिवारलाई पहिलो चरणको राहत वितरण सम्पन्न गरिएको छ । पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्तम लागु गरि राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहाय, अपांग, बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, एकल महिलाहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । वडाले पहिलो चरणमा २८० जनाको लगत संकलन गरेको आधारमा शनिवार २५० जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष रिजालले जानकारी गराउनुभयो । एक घरपरिवारलाई १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, ५ किलो आलु, १ लिटर तेल, १ वटा सावुन, १ किलो नुन, वितरण गरिएको वडा अध्यक्ष रिजालले जानकारी गराउनुभयो ।

पहिलो चरणमा छुटेका तथा नपाएका नागरिकलाई दोश्रो चरणको लगत संकलन गरि अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष रिजालले जानकारी गराउनुभयो । १०÷१५ दिन पुग्ने खालको राहत वितरण गरेका छौं यसलाई समय अनुसार थपिने उहाँले जानकारी गराउनुभयो ।
