(Wednesday 28th of October 2026)
`

उपमहानगरलाई ७० हजारको स्वास्थ्य सामाग्री प्रदान

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    बाँके–२१, चैत्र
    कोरोना भाइरसको संक्रमण बिश्वमै बढिरहेका बेला बाँके जिल्लामा युवाहरुको क्षेत्रमा काम गर्दै आएको एक संस्थाले शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । सेफ द चिल्ड्रेन मध्य तथा शुदूरपश्चिमाञ्चल फिल्ड कार्यालय र बाँके जिल्लास्थित सामाजिक बिकास मञ्च (एसडिएफ) ले शुक्रबार कोरोना भाइरसको नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु सहयोग प्रदान गरेको हो । संस्थाले प्रदान गरेको ७० हजार बराबरको स्वास्थ्य सामाग्री नेपालगञ्जकी उपमेयर उमा थापामगर र स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले संयुक्त रुपमा ग्रहण गर्नुभएको थियो । उपमेयर थापाले महामारी नियन्त्रणका लागि जिल्लामा रहेका संघ संस्था सक्रिय रहेपनि अझ सक्रिय हुनुपर्ने बताउनुभयो । यसरी सहयोग प्रदान गरिएको सामाग्रीहरुमा जुत्ता कभर–६० वटा, बाफ्यान्ट क्याप १५ वटा, सरसफाई सामाग्री १० वटा, डिस्पोजल ब्याग ४० वटा, गमबुट १५ जोडी, हात सफा गर्ने सेनिटाइजर ५०० ग्रामको २४ वटा, प्लाष्टिक बाकेट १५ लिटरको १२ वटा, युटिलिटी ग्लब्स ३५ वटा, भाइरसबारेको सन्देसमुलक तस्बिर ६० पिस, सर्जिकल ग्लब्स ८०० थान, नाइट्रइल ग्लब्स ८० थान, साबुन ३०० थान र सर्जिकल मास्क ५०० थान रहेको मंचका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology